• १९ भदौ २०८३, शुक्रबार
  • १ः११ दिउँसो

सुदूरपश्चिममा कोरोना संक्रमित बढेपछि थप चिकित्सक खटाइदै

प्रकाशित मिति

२०७७ बैशाख २ गते, मंगलवार ०२:२८

धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रमित बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली खटाइदै छ । संक्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउनका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम पठाउन लागेको हो।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले आज संघीय मन्त्रालयमा सो बारेमा छलफल भईरहेको बताउँदै भोलीसम्म चिकित्सकको टोली धनगढी पुग्ने जानकारी आएको बताउनु भयो ।

Kamana Sewa

सुदूरपश्चिम प्रदेशमा अहिले सम्म कोरोना संक्रमितको सङख्या पाँच पुगेको छ भने पाँचै जनाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।

Classic Tech Desktop

प्रतिकृया