• २० भदौ २०८३, शनिबार
  • २ः५९ दिउँसो

यि हुन् २०७६ को उत्कृष्ट ५ लोकप्रिय गीत

प्रकाशित मिति

२०७७ बैशाख १ गते, सोमबार १२:४१

काठमाडौं, यस वर्ष २०७६ मा जम्म ५५ वटा नेपाली चलचित्रहरु रिलिज भएका छन् । जसमध्ये कमै गीतहरु दर्शक, श्रोताको मनमा बस्न सफल भएका छन् । ।

National Life

२०७६ को उत्कृष्ट ५ लोकप्रिय चलचित्रका गीतहरु यस प्रकार छन् :

१) साली मन पर्यो :  चलचित्र ’घामड शेरे’को साली मन पर्यो बोलको गीत यो वर्ष सुपरहिट सावित भयो । कालिप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको गीतमा स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन् । निश्चल बस्नेत र स्वस्तिमा खड्काको नृत्य रहेको गीतको भिडियोलाई प्रदीप लामा अनि प्रमोद भण्डारी मिलेर निर्देशन गरेका हुन् । साली मन पर्यो को भिडियोलाई युटुवमा हालसम्म करिब साढे चार करोडले हेरेका छन् ।

Classic Tech Desktop

२) भिजिट भिसामाः चलचित्र ’दालभात तरकारी’मा समावेश यो गीत वर्षको पहिलो सुपरहिट गीत हो । सम्भुजि बाँस्कोटाको संगीत र हरिवंश आचार्यको संगीत रहेको गीतमा अञ्जु पन्त र निशान भट्टराई स्वर दिएका छन् । हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत लगायतले नृत्य गरेको गीतको भिडियोलाई पनि दर्शकले रुचाए । भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । गीतको भिडियोलाई करिब ३ करोडले हेरेका छन् ।

३) दुबो फूल्योः चलचित्र ’कबड्डी कबड्डी कबड्डी ’ मा समावेश ’दुबो फूल्यो बोल’को गीतलाई पनि दर्शक तथा श्रोताले रुचाए । एसडी योगीको संगीत र हर्क साउदको शब्द रहेको गीतमा हेमन्त राणा र हृतिका श्रेष्ठले स्वर दिएका छन् । दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्म, विल्सन विक्रम राई, विजय बराल प्रस्तुत भिडियोलाई रेनशा वान्तवा राई राणाले कोरियोग्राफी गरेकी हुन् । यो गीतको भिडियोलाई युटुवमा दुई करोड पचास हजारले हेरेका छन् ।

४) बिच बिचमा : चलचित्र ’छ माया छपक्कै’को प्रोमोश्नल गीत बिच बिचमा ले पनि बजार पिट्यो । दुर्गेश थापाले तीजमा ल्याएको गीतलाई दिपकराज गिरीको समुहले फिल्म प्रचारको प्रयोगमा ल्याएको थियो । भिडियोमा दुर्गेशसँगै दिपकराज गिरी, दिपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट र जितु नेपाल फिचर्ड छन् । युटुवमा अपलोडमा भएका दुइ वटा भिडियो गरी भ्युज झण्डै दुई करोड नजिक छ ।

५) तिम्रो घरको वरिपरिः चलचित्र ’म यस्तो गीत गाउँछु २’मा समावेश ’तिम्रो घरको वरिपरी’ बोलको रोमान्टिक गीतलाई दर्शक तथा श्रोताले रुचाए । अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको गीतमा सोमान तोप्दन र अस्मिता अधिकारीले स्वर दिएका छन् । पल शाह र पूजा शर्मा फिचर्ड भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतको भिडियोलाई एक करोड बीस भन्दा बढीले युटुवमा हेरेका छन् । फिल्म भने कोरोनाको संक्रमण त्रासका कारण यो साल प्रदर्शनमा आउन सकेन ।

प्रतिकृया