• १९ भदौ २०८३, शुक्रबार
  • १२ः१२ दिउँसो

कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति

२०७७ बैशाख १ गते, सोमबार ११:१५

कैलाली, कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको ¥यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए।

Kamana Sewa

उनी परिवार सहित विरगञ्जबाट फर्किएको बुझिएको बताउँदै प्रमुख डाक्टर तिमिल्सिनाले एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाईरहेको बताए। यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। रिपोर्टर्सनेपालबाट

Classic Tech Desktop

प्रतिकृया