• १९ भदौ २०८३, शुक्रबार
  • ७ः२२ बिहान

हाइड्रोक्सिक्लोरोक्वाइन नेपालमै पर्याप्त

प्रकाशित मिति

२०७७ बैशाख १ गते, सोमबार ०७:५४

काठमाडौं । कोरोना भाइरस विरुद्ध ‘क्लिनिकल ट्रायल’मा रहेको हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेटको उत्पादन नेपालमै पर्याप्त हुने गरेको छ। देउराली जनता फर्मास्युटिकल्स, क्युमेड र मारुती फर्माले यो औषधि उत्पादन गरिरहेको औषधि व्यवस्था विभागले जनाएको छ।

विभागका महानिर्देशक नारायण ढकालका अनुसार मारुती फर्माले हालै उत्पादन सुरु गरेको हो। देउराली जनता र क्युमेडले भने लामो समयदेखि उत्पादन गर्दै आएका छन्।

Kamana Sewa

कोरोनाविरुद्ध भारतलगायत मुलुकले क्लिनिकल ट्रायलका रूपमा यसको प्रयोग गर्दै आएको महानिर्देशक ढकालले बताए। ‘यो औषधिको प्रयोग सफल भएको खण्डमा नेपालमै पनि पर्याप्त मात्रामा उत्पादन गर्न सकिन्छ’, उनले भने, ‘कच्चा पदार्थ विदेशबाट ल्याएर स्वदेशमै पर्याप्त औषधि उत्पादन गर्न सकिने देखिएको छ।’

Classic Tech Desktop

देउराली जनताले आवश्यक परे सरकारलाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। सरकारले माग गरेको अवस्थामा १५ हजार जनाको उपचार पुग्ने ४ लाख ट्याब्लेट उत्पादन गरिने देउराली जनताले जनाएको छ । अन्नपूर्ण पोष्टबाट साहाभार

प्रतिकृया