• २१ भदौ २०८३, आइतबार
  • ११ः५७ बिहान

चीनको तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग

प्रकाशित मिति

२०७६ चैत्र २९ गते, शनिबार ०९:५७

काठमाडौं । चीनको तिब्बत सरकारले नेपाललाई कोरोना भाइरस महामारीविरुद्ध लड्न आवश्यक मेडिकल सामग्री सहयोग गरेको छ।
परराष्ट्र मन्त्रालयले पठाएको सूचीअनुसार ६ प्रकारका सामाग्री शुक्रबार आयोजित एक कार्यक्रममार्फत ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमार्फत हस्तान्तरण गरिएको हो। तिब्बत सरकारको विदेश विभागकी प्रमुखले नेपाली महावाणिज्य दूत गोविन्द कार्कीमार्फत ती सामानहरु हस्तान्तरण गरेको दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले बताएका छन्। ती सामग्री नेपालको सिमानाका तातोपानीसम्म तिब्बत सरकारले नै ढुवानी गर्नेछ।

National Life

तिब्बत सरकारले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन ९५ मास्क लगायत ६ प्रकारका अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराएपनि कति परिमाणमा छ खुलाइएको छैन। ती मेडिकल सामग्रीहरु सिन्धुपाल्चोकको तातोपानीसम्म आइपुग्न एक साता लाग्न सक्ने उनले बताए। तिब्बत सरकारले तातोपानी नाकामा ल्याएर ती सामग्री जिम्मा लगाउने र काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत नेपाल सरकारलाई हस्तान्तरण हुने राईले जानकारी दिए।

यसअघि चीनका विभिन्न निजी क्षेत्रले बेइजिङस्थित नेपाली दूतावास मार्फत पठाएका स्वास्थ्य सामग्री निर्यात योग्य नरहेको भन्दै तिब्बत सरकारले रोकेको थियो।

Classic Tech Desktop

प्रतिकृया