• २० भदौ २०८३, शनिबार
  • ८ः५७ बिहान

लुकाई छिपाई राखेको ३९ बोरा रासायनिक मल बरामद

प्रकाशित मिति

२०७६ चैत्र २८ गते, शुक्रबार ०३:२०

बारा, प्रसौनी गाउँपालिका–५ प्रस्टोकाबाट अवैध रुपमा बिक्रीको लागि लुकाई छिपाई राखेको ५० केजीका २९ बोरा युरिया र १० बोरा डि.ए.पी. मल प्रहरीले बरामद गरेको छ । लुकाई छिपाई राखेको सुचनाका आधारमा बिहीबार प्रहरीले उक्त मल बरामद गरेको हो ।

National Life

सोही ठाउँ बस्ने शम्भु साह र रमेश साहले प्रसौनी गाउँपालिका–६ स्थित ऋषि बाल्मिकी कृषि सहकारी संस्थाबाट युरिया तथा डि।ए।पी। मल खरिद गरी बेच्ने उद्देश्यले लगि लुकाई छिपाई राखेको भन्ने जानकारी प्राप्त भए पश्चात तत्कालै इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुको स्टोर खानतलासी गर्दा उक्त मल फेला पारी बरामद गरेको हो ।

अनुसन्धानको क्रममा आधिकारीक रुपमा दर्ता रहेका अनुमति प्राप्त कृषि सहकारी संस्थाहरूले मात्र कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल खरिद गरी सोझै किसानलाई बिक्री गर्नु पर्नेमा निज शम्भु साह र रमेश साहलाई ऋषि बाल्मिकी कृषि सहकारी संस्थाले अनाधिकृत रुपमा मल उपलब्ध गराएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Classic Tech Desktop

साथै घटनामा संलग्न फरार रहेका शम्भु साह र रमेश साहको खोजी गर्नुका साथै यस सम्बन्धमा कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ

प्रतिकृया