• २१ भदौ २०८३, आइतबार
  • ६ः५२ बिहान

स्वास्थ्य सामाग्री भित्र्याउन तातोपानी नाका खुल्ला

प्रकाशित मिति

२०७६ चैत्र २७ गते, बिहीबार ०७:११

सिन्धुपाल्चोक, नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो । कोभिड–१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।

National Life

बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ । अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको उहाँले बताउनु भयो ।

प्रतिकृया