• २१ भदौ २०८३, आइतबार
  • ७ः३८ बिहान

भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय रद्द

प्रकाशित मिति

२०७६ चैत्र २७ गते, बिहीबार ०६:३६

काठमाडौ, सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गरेको छ । सरकारले निर्णय गरेपनि सत्तारुढ दलका प्रभावशाली नेता देखि सरकारमा रहेकाको विरोध भएपछि निर्णय उल्टाएको हो ।

National Life

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिले छलफलमात्र गरिएको निर्णय नभएको जनाएको छ । निर्णय लगत्तै काठमाडौं छाड्न चाहनेमा खुशियाली छाएको थियो । तर, निर्णय उल्टिएपछि दुःखी भएका छन् ।

लकडाउनका कारण उपत्यकाभित्र अलपत्र परेकालाई सरकारले दुई दिन जान दिने व्यवस्था गरेको विषयलाई छलफल मात्र भनिएको छ । उपत्यकामा हजारौं मानिसहरु स्थायी बसोबासको स्थान जान खोजिरहेका थिए ।

Classic Tech Desktop

प्रतिकृया