खरिपाटी क्यारेन्टाइनबाट बाँकी २३ घर फर्किए
प्रकाशित मिति
२०७६ चैत्र २६ गते, बुधबार ०८:५३
भक्तपुर । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनालाई मंगलबार घर पठाइएको छ । कोरोना प्रभावित बिभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।
यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पुर्याउने व्यबस्था गरेको सुर्यबिनायकस्थित नेपाली सेनाको बीरदल गणका गणपति कर्नेल शिव पौडेलले बताउनुभयो ।
सम्भावित कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका उनीहरु चौध दिन बिताएर घर फर्किएका हुन् । क्वारेन्टाइन अवधिमा उनीहरु प्रत्यक्ष रुपमा चिकीत्सकको निगरानीमा रहदै आएमा थिए ।
क्वारेन्टाइनमा बस्दा कोरोनाको कुनै लक्षण नदेखिएको चिकीत्सकहरुले क्लिन चीट दिएपछि उनीरु खुसीका साथ घर लागेका छन् । उनीहरुलाई आफन्त समेत लिन आएमा थिए । यसअघि सोमबार ७३ जनालाई घर फर्काईएको थियो ।



सबै जनालाई सरकारले गाडीको व्यवस्था गरी घर पठाएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । घर फर्कन पाउँदा उनीहरु जत्ति खुशी थिए, त्यतिनै खुशी कोरोना नभएको पुष्टि भएपछि थपिएको बताएका छन् ।
बिदाइ कार्यक्रममा क्वारेन्टाइनका स्वास्थ्यकर्मी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।शुरुमा उनीहरु क्वारेन्टाइनमा बस्न तयार थिएनन् । तर पछि यहाँको व्यवस्थापन देखेर खुशी भएका थिए । कोरोना प्रभावित विभिन्न मुलुकबाट दुई हप्ता अघि उनीहरु नेपाल आएका थिए ।
यसअघि चीनको वुहानबाट उद्धार गरिएका १ सय ७५ जना विद्यार्थीलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको थियो र पछि रिपार्ट सामान्य आए पछि घर पठाईएको थियो ।





प्रतिकृया