• १९:१४ २०८० चैत्र १५ गते
  • 7:14 pm

चीनको वुहान ७६औँ दिनमा लकडाउनमुक्त

प्रकाशित मिति

२०७६ चैत्र २६ गते, बुधबार ०९:१४

china silence 2

 

काठमाडौं । कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहान साढे २ महिनापछि बल्ल लकडाउनमुक्त भएको छ ।

लकडाउन खुल्ला भएसँगै वुहानको जनजीवन सामान्य बन्दै जान थालेको छ । वुहानमा ७६ दिनदेखि घरभित्रै रहन बाध्य भएका मानिसहरु गन्तब्य सम्म जाने तयारीमा जुटेका छन् ।

बुधबार मात्रै ५५ हजार भन्दा बढी यात्रुले रेल मार्फत वुहान शहर छोड्ने अनुमान गरिएको छ।बुधबारदेखि रेलवे तथा विमान सेवा सुचारु भएका छन् । यस्तै राजमार्गका प्रवेशद्वारहरु खुला गरिएका छन् ।

१ करोड १० लाख मानिसको बसोबास रहेको वुहान कोरोना भाइरसको महामारी फैलिएपछि गत जनवरी २३ देखि लकडाउनमागरिएको थियो । वुहानमा मात्रै कोरोना भाइरुसका कारण २५ सय भन्दा बढीको मृत्यु भएको थियो भने ५० हजार भन्दा बढी संक्रमित भएका थिए ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहान ७६औँ दिनमा लकडाउनमुक्त भएको हो ।

प्रतिकृया