• २० भदौ २०८३, शनिबार
  • ५ः४८ बिहान

नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि ३ वटा दूतावासलाई पत्राचार गर्दै

प्रकाशित मिति

२०७६ चैत्र २५ गते, मंगलवार ०८:३७

 

National Life

काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि आवश्यक स्वास्य सामग्री खरिदका लागि नेपालस्थित विभिन्न ३ देशका दूतावासलाई पत्राचार गर्ने तयारी गरेको छ ।

सरकारले दिएको जिम्मेवारी अनुसार सेनाले स्वास्थ्य सामग्री खरिदका लागि विभिन्न दूतावासमा पत्राचार गर्ने तयारी गरेको छ । स्रोतका अनुसार सेनाले नेपालस्थित चीन, दक्षिण कोरिया र सिंगापुरका दूतावासलाई पत्राचार गर्न लागेको हो ।

Classic Tech Desktop

‘सोझै सरकारबाट जीटुजी प्रणालीमा खरिद गर्नका लागि सेनाले विभिन्न दूतावासलाई पत्राचार गरेर आपूर्ति गर्न सकिने सम्भावना र मूल्यबारे जानकारी लिने बताएका छन् । ‘दूतावासको जवाफ प्राप्त भएपछि सेनाले थप निर्णय लिने समेत जानकारी दिएका छन् ।

कोरोना रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेनालाई बुझाइ सकेको छ । स्वास्थ्य मन्त्रालयको सूची लामो भएकाले सेनाले नेपालमा उपलब्ध हुनसक्ने सामग्री प्रतिस्पर्धाबाट स्वदेशमै खरिद गर्ने र अन्य सामग्री मात्रै विदेशी सरकारबाट किन्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।

सेनाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल सरकारले मान्यता दिएका स्वास्थ्य सामग्री उपलब्ध गराउनेबारे दूतावासलाई पत्राचार गर्दैछ । आईतबार भिडियो सन्देश जारी गर्दै नेपाली सेनाका प्रवक्ता रथी विज्ञानदेव पाण्डेले खरिद प्रक्रियालाई पारदर्शी बनाइने जनाएका थिए ।

स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री विवादमा आएपछि सरकारले सेनालाई खरिदको जिम्मा दिएको थियो ।

प्रतिकृया