• २० भदौ २०८३, शनिबार
  • ११ः२२ राती

सांसदहरुले प्रधानमन्त्रीलाई टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउन गगन थापा आग्रह

प्रकाशित मिति

२०७६ चैत्र २५ गते, मंगलवार ०८:२६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रविधिका माध्यमबाट प्रधानमन्त्री तथा मन्त्रीहरुसँग सांसदको प्रश्नोत्तर गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

National Life

बेलायतमा संसदीय समितिहरू कोरोना भाइरसको महामारीमा टाढैबाट (अनलाइन मार्फत) काम गरिरहेको तथा संसद पनि त्यसैअनुसार चलाउन आवाज उठिरहेका बेला गगनले ’भर्चुअल संसद’को ब्यबस्था मिलाउन माग गरेका छन् ।

थापाले प्रविधिको प्रयोग गरेर संसद नै चलाउन नसके पनि कम्तिमा संसदीय समितिहरुले काम प्रारम्भ गर्नुपर्ने धारणा राखेका छन् ।

Classic Tech Desktop

थापाले समितिमार्फत सरकारले विपत्तिको मौकामा गर्न खोजेका वेथितिविरुद्ध प्रधानमन्त्रीलाई सांसदले टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउन अत्यावश्यक भैसकेको बताएउदै, हाम्रोमा पनि प्रविधिको प्रयोग गरेर संसद चलाउन नसके पनि कम्तिमा संसदीय समितिहरुले काम गर्न प्रारम्भ गर्नुपर्छ । अनि प्रधानमन्त्रीलाई सांसदले टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउन अत्यावश्यक भैसकेको  ट्वीटर आवलमा पोष्स गरेका छन् ।

 

 

प्रतिकृया