खरिद प्रक्रिया आलोचन बढ्दा, प्रचण्ड तनावमा
प्रकाशित मिति
२०७६ चैत्र २४ गते, सोमबार १०:०५
काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तनावमा परेका छन्। कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचन बढ्दा उनी तनावमा परेका छन् ।
खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालय टिम र केही मन्त्री विवादमा परेपछि पार्टीका शीर्ष नेताहरुले सचिवालयको बैठक माग गरेको चार दिन भइसकेको छ। सचिवालय सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले जनस्तरमा पार्टी र सरकारप्रति आक्रोश उत्पन्न भएकाले यसले पार्टी र सरकार दुवैलाई गम्भीर हानि पुग्ने भन्दै सचिवालय बैठक माग गरेका थिए।

अध्यक्ष दाहालले यो विषयमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न समय पाएका छैनन्। एक हप्ताको समयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच जम्मा दुईपटक भेटघाट भएको थियो।

सरकारका कामको विषयलाई लिएर पार्टीभित्र अन्तर्विरोध बढ्दै गएको छ। पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले स्वास्थ्य मन्त्रालयबाट भएको स्वास्थ्य सामग्री खरिद प्रकरण र सेनालाई स्वास्थ्य उपकरण खरिद गर्न दिएको विषयलाई लिएर सरकारको आलोचना सार्वजनिक गर्न थालेका छन्।




प्रतिकृया