खाद्य सामग्री भित्र मदिरा लुकाइछिपाई ल्याउने २ जना पक्राउ
प्रकाशित मिति
२०७६ चैत्र २४ गते, सोमबार १०:१७
सिन्धुपाल्चोक । खाद्य सामग्रीभित्र मदिरा लुकाइछिपाई ल्याउने २ जना पक्राउ परेका छन् ।
बाह्रबिसे नगरपालिका ९ राम्चे बजारबाट खाद्य सामग्रीभित्र लुकाइछिपाई ल्याएको रोज नामको १५ कार्टुन र गोल्डेन ओक १ कार्टुन मदिरा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भोटेकोशी गाउँपालिका ४ बस्ने ३० वर्षीय मोहन प्रधान र बा. ११ च ५३८१ नम्बरको बलेरोका चालक सोही ठाउँ बस्ने २२ वर्षीय गणेश प्रधान रहेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको निर्णयलाई अवज्ञा गरी उक्त बलेरोमा लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा उक्त मदिरा सहित ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Related
Recent News
- नबिल बैंकले प्रस्ताव गर्यो १५.८० प्रतिशत लाभांश
- बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो
- यस्तो छ आजको मौसम
- भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया