अमेरिकामा ५०० नेपालीलाई कोरोना संक्रमण
प्रकाशित मिति
२०७६ चैत्र २४ गते, सोमबार ०८:३८
काठमाडौं,रासस । अमेरिकामा बसोबास गर्दै आएका ५०० नेपालीलाई कोरोना भाइरसबाट संक्रमित भएका छ ।

अहिलेसम्म नेपाली एक जनाको निधन भएको छ । करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सक समेत रहेका डा.केशव पौडेलका अनुसार करिब ५०० नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन् ।

तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
संक्रमितको संख्याबारे स्वतन्त्ररुपमा पुष्टि नभएपनि एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले पनि अनौपचारिक तथ्याङ्क सङ्कलनका क्रममा ५०० जना जति नेपाली तथा नेपाली कोरोना भाइरसको सङ्क्रमित भएको बताएका छन् ।
कोरोनाका कारण न्यूयोर्कमा बस्दै आएका अनिल लिम्बूको गत साता निधन भएको थियो । नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्याङ्क छ ।
यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् । अमेरिकाको ५० वटै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको ।
सङ्घीय सरकारले स्वास्थ्य बीमा नभएकाहरुको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भनिएको छ । अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखेको छ ।
अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसा लगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको जानकारी समेत दिएका छन् ।




प्रतिकृया