• १९ भदौ २०८३, शुक्रबार
  • १२ः२७ राती

बिश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५९ हजार नाघ्यो

प्रकाशित मिति

२०७६ चैत्र २२ गते, शनिबार ०९:१२

काठमाडौं । बिश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ ।
शनिबार बिहान करिब ७ बजेसम्म कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ५९ हजार १४१ पुगेको छ । ८ लाख १० हजार ४६० जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ३९ हजार ४३९ को गम्भीर अवस्था छ । ७ लाख ७१ हजार २१ जनाको अवस्था मध्यम रहेको छ ।
२ लाख २८ हजार ४०५ कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । अहिलेसम्म कोरोना संक्रमण देखिनेको संख्या १० लाख ९८ हजार ६ रहेको छ । कोरोनाका कारण सबैभन्दा धेरै इटलीमा १४ हजार ६८१ जनाको मृत्यु भएको छ । स्पेनमा ११ हजार १९८ जनाको ज्यान गइसकेको छ भने अमेरिकामा ७ हजार ३९२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । नेपालमा ५ जनामा संक्रमण देखिएको छ । त्यस्तै कोरोनाको संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको छ । फोकल्याण्ड टापुमा एक जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको हो ।

प्रतिकृया