• १९ भदौ २०८३, शुक्रबार
  • १०ः१३ बिहान

विहान तातोपानीमा मह मिसाएर खानुपर्ने यस छन् कारण

प्रकाशित मिति

२०७६ चैत्र १९ गते, बुधबार ०६:४१

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।
बिहान उठेर दुध चियाको साटो तातो पानीमा मह मिसाएर खाँदा स्वास्थ्यमा धेरै फाइदा गर्ने डाक्टरहरुको सल्लाह छ ।

महमा ग्लुकोज पाइन्छ । महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन ।खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको जान्छ ।  खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खाने गर्नाले आराम मिल्छ । कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी लाग्ने क्रम तत्काल घट्न जान्छ ।

Kamana Sewa

आलस्य भयो अथवा वाकवाकी आउन लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ ।
कब्जियतको समस्या छ भने गोलभेँडा अथवा सुन्तलाको रसमा एक चम्चा मह मिसाएर खाने गर्नाले कब्जियत ठीक हुँदै जान्छ ।

Classic Tech Desktop

दुब्लाएर हैरान हुनुहुन्छ र मोटाउन खोजिरहनुभएको छ भने राति दूधमा मह हालेर पिउने गर्नाले मोटाइन्छ ।
शरीरका मांसपेशी बलियो बनाउन, रक्तचापलाई नर्मल राख्न, रगतमा हेमोग्लोबिनको मात्रा बढाउन पनि मह खाने गरिन्छ । जीउ आलस्य भइरहने, हाई आइरहने गर्छ भने तपाईंलाई रक्तअल्पता भएको हुनसक्छ । मह खानाले यस्तो समस्या हटेर जान्छ ।

शरीरको वजन घटाउन चाहनुहुन्छ भने बिहान मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित खाने गर्नुपर्छ । बिहान महपानी खानाले दिउँसो कम भोक लाग्छ, जसले गर्दा वजन बढ्न पाउँदैन ।हाडजोर्नी दुख्ने, जाडोमा जीउ कटकटी खाने गर्छ भने महमा दालचिनीको पाउडर मिसाएर दुःखेको ठाउँमा मसाज गर्नाले आराम हुन्छ ।
रुघाखोकी लागेको छ, हाच्छिउँ आइरहेको छ भने मह, अदुवा र तुलसीको पातको रस बराबर मात्रामा मिसाएर खाने गर्नाले आराम हुन्छ ।राति राम्रोसँग निद्रा लाग्दैन भने सुत्नुअघि दुई चम्चा मह खाने गर्नाले निद्रा लाग्छ ।
गर्भवतीले मह खाने गर्नाले पेटमा भएको बच्चा शारीरिक र मानसिक रूपमा बढी स्वस्थ हुन्छ ।
आगो अथवा तातो वस्तुले छाला जलेको ठाउँमा अथवा काटेको ठाउँमा मह लगाउनाले आराम मिल्छ ।
दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ ।
महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छन् ।

सुन्दरताका लागि पनि मह लाभदायक हुन्छ । आँखावरिपरि डार्क सर्कल छ अथवा आँखा वरिपरिको भाग सुनिएजस्तो देखिएको छ भने मह र बदामको तेल बराबर मात्रामा मिसाई आँखा वरिपरिको छालामा सुत्ने बेलामा दल्ने र बिहान उठेर धुने गर्नुपर्छ ।

प्रतिकृया