• १९ भदौ २०८३, शुक्रबार
  • १२ः३९ दिउँसो

सीमा नाका नखोलिने सरकारको आग्रह, अलपत्र परेका नागरीकलाई सरकारले कुटनीतिक पहल व्यस्थावपन मिलाउने

प्रकाशित मिति

२०७६ चैत्र १९ गते, बुधबार ०६:१९

 

काठमाडौं । भारतबाट नेपाल प्रबेश गर्न खोज्नेहरु सीमा नाकामै अलपत्र परिरहेका बेला सरकारले सीमा नाका बन्द रहने जनाएको छ । सरकारले लकडाउनको बेला बन्द भएको सीमा नाका नखोल्ने जनाएको छ ।

Kamana Sewa

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले लकडाउनका बेला सीमा नाका नखोलिने आग्रह गरेका छन् । सरकारले कुटनीतिक पहल गरेर जुन व्यक्ति जुन देशमा छन सोही देशको सरकारले उनीहरुको व्यस्थावपन गर्ने सहमती भएको छ भन्दै नाका नखेन आग्रह गरेको बताएका छन् ।

Classic Tech Desktop

‘कुटनीतिक पहल गरेर सरकारले लकडाउनको बेला सीमा नाका नखोल्ने निष्कर्षमा पुगेको हो’ भट्टराईले भने, ‘भारतमा हुने नेपालीको भारत सरकारले र नेपालमा हुने भारतीयहरुको नेपाल सरकारले नै व्यवस्थापन गर्ने सहमती भएको छ ।’

यस अघि कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सीमामा आवतजावत बन्द गरिएपछि नेपाल–भारत नाकामा अलपत्र परेका नेपालीहरूलाई एक पटकका लागि देशभित्र प्रवेश गर्न दिने निर्णय गरेको थियो।

सोही अनुसार ११ चैतमा एक पटकका लागि सीमा नाकामा रहेका नेपालीहरु नेपाल प्रबेश गरेका थिए । तर अझै हजारौ नेपाली सीमा नाकामै अलपत्र परेका छन् । अलपत्र परेका ति नेपालीहरुलाई सीमानामै राख्ने र उनीहरुको खानपान लगायतको व्यवस्थापन गरिने सरकारको तयारी छ ।

लकडाउनका बेला सीमा नाका नखोल्ने प्रधानमन्त्री स्तरबाट भएको निर्णय अनुसार अब नेपालमा रहेका भारतीयहरुको नेपाल सरकारले सम्पुर्ण व्यवस्थापन गर्नेछ । त्यस्तै भारतमा रहेका नेपालीहरुको खानपान लगायत सम्पुर्ण कुराको व्यवस्थापन भारतीय सरकारले गर्ने बताईएको छ ।

नेपाल प्रबेश गर्न खोज्ने नेपाली र सुरक्षाकर्मीका बीचमा यस अघि झडप समेत भएकाले सरकारले एक पटकका लागि नेपाल प्रबेश गराएको थियो । त्यसरी प्रबेश गर्ने नेपालीहरु अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था अनुसार उनीहरु अहिले क्वारेन्टाइनमै रहेका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले बताए ।

पश्चिमी नेपालको सीमा नाकामा रहेका नेपालीहरुको खानपान लगायतको व्यवस्थापन भारतीय सरकारले गरिरहेको र अन्यत्र पनि सोहीअनुसार व्यवस्थापन गरिने भट्टराईले जनाए ।कोरोना भाइरसको संक्रमण फैलिन नदिने उदेश्यले नेपाल सरकारले २५ चैतसम्म लकडाउन गरेको छ ।

प्रतिकृया