• २४ भदौ २०८३, बुधबार
  • ४ः०९ बिहान

घरबेटीलाई एक महिनाको घरभाडा मिनाहा गर्न सरकारको अनुरोध

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०५:२४

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि देशको आर्थिक गतिविधि ठप्प रहेका बेला घरबेटीलाई एक महिनाको घरभाडा नलिन सरकाले निर्देशन दिएको छ ।

National Life

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा घरधनीहरुलाई एक महिनाको घरभाडा नउठाउन अनुरोध गरेको छ। ख्मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा घरधनीहरुलाई एक महिनाको भाडा नलिन आग्रह गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । यसवापद सरकारले घरधनीहरुसँग घरबाहल कर नलिने पनि निर्णय लिएको छ। घरधनिहरुलाई पनि एक महिनाको भाडा छुट दिन निर्देश दिएको हो ।

यस्तै राहत प्याकेजमा, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । जसअनुसार मासिक १५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकको विद्युत महसुलमा २५ प्रतिशत छुट पाउनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

विद्युत, खानेपानी, टेलिफोन शुल्कलाई फागुन र चैत महिनामा महसुल भुक्तानी वैशाख मसान्त बुझाएमा बिलम्ब भुक्तानी वा जरिवाना नलाग्ने पनि राहत प्याकेजमा छ ।

प्रतिकृया