• २४ भदौ २०८३, बुधबार
  • २ः५१ राती

सहयोको नाममा आफूखुशी राहत बाँड्न नपाइने

प्रकाशित मिति

२०७६ चैत्र १६ गते, आईतवार ०९:३३

 

National Life

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिइरहेका बेला गृह मन्त्रालयले आफूखुशी राहत बाँड्न रोक लगाएको छ । गरिव दैनिक ज्याला गरेर गुजारा गर्ने निम्न बर्गका मानिसलाई राहत भन्दै सहयो गर्न नपाइने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले सहायताको नाममा कसैले चन्दा उठाउन र आफूखुशी वितरण गर्न नपाउने निर्णय गरेको हो । बैठकमा गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु, महानगरपालिका र नगरपालिकाका प्रमुखलगायतको उपस्थिति रहेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा कुनै निकाय वा संघसंस्था वा व्यक्तिले सहायता दिन चाहे सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने पनि निर्णय गरेको छ ।
स्थानीयले तोकेको मापदण्डअनुसार सहयोग सामग्री भए मात्र स्थानीय तहले स्वीकार गर्ने भनिएको छ । साथै, ती सामग्री वडा स्तरीय समितिमार्फत मात्रै वितरण हुनेभट्टराईले बताएका छन् ।

वितरणसम्बन्धी विवरण अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने छ । बैठकले न्यूनतम दैनिक उपभोग्य वस्तुहरु रहने गरी ‘कम्बो’ प्याकेज बनाएर विक्री गर्न स्टोर र विक्रेतालाई निर्देशन दिने पनि निर्णय गरेको छ । लकडाउन गरे पनि खाद्य सामग्री किन्ने क्रममा भीड बढ्न थालेपछि यो निर्णय गरिएको बताए।

आपूर्ति व्यवस्थापनको नेतृत्व सम्बन्धित स्थानीय तहले लिने पनि भनिएको छ । बिक्री गर्दा न्यूनतम एक मिटरको दूरी कायम गर्ने गरी स्थानीय तहले मापदण्ड बनाउनुपर्ने भनिएको छ ।

प्रतिकृया