• २८ भदौ २०८३, आइतबार
  • ५ः२६ बेलुका

दुर्गन्धित फोहोरको डंगुरबाट हजारौं रुपैयाँ भेटियो

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०९:०१

 

National Life

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर शिवालय मन्दिरको बाहिर रहेको प्रतीक्षालयमा बस्ने एक बृद्धाको कोठमा रहेको दुर्गन्धित फोहोरको डंगुरबाट हजारौं रुपैयाँ नगद रहेको पैसाको बोरा फेला परेको छ।

वर्षौंदेखि गलेश्वरमा दर्शन गर्न आउने भक्तजनलाई मागेर खाद्यान्न, लत्ताकपडासहित अन्य दैनिक उपभोग्य वस्तु थुप्रो पारेर लगाएकी बृद्धा दिलमाया विक सुत्ने कोठा सरसफाई गर्दा ७८ हजार रुपैयाँ फेला परेको गलेश्वर आमा समूहकी अध्यक्ष गौमायाँ गर्बुजाले जाकारी दिएका छन् । चिसो बोरालाई आगोमा हाल्ने तयारी भइरहेको अवस्थामा एक सयको नोट देखिएपछि हेर्दा हजारै रुपैयाँ भेटिएको हो। एउटा बोराभरिको पैसा करिव एक घण्टालगाएर गन्दा ७८ हजार भएको गर्बुजाको बताएकि छिन्। अधिकांश नोट भिजेको अवस्थामा फेला परेका थिए। बोरामा रहेका ५, १०, २०, ५० र १ सयका नोट रहेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

दैनिक मन्दिर तथा आसपासका क्षेत्रमा माग्ने गरेकी विकको यस अगाडि समेत फोहोर पन्छाउँदा १२ हजार र ७ हजार रुपैयाँ भेटिएका थिए। ती भेटिएका पैसा वित्तीय संस्थामा जम्मा गरिने गरिएको गर्बुजाको जानकारी दिए। विकले मन्दिरमा बसेर मागेको रुपौयाँ बोरामा राख्ने गरेका थिए ।

प्रतिकृया