• २७ भदौ २०८३, शनिबार
  • ६ः३७ बिहान

ब्राउनसुगरसहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०७:०८

मोरङ, बेलबारी नगरपालिका–३ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई शुक्रबार प्रहरी १५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

National Life

पक्राउ पर्नेहरुमा धनकुटा छथर जोरपाटी गाउँपालिका–३ बस्ने २३ वर्षीय मोहन खड्का र तेह्रथुम घर भएका ५६ वर्षीय रमेश कार्की रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले को.२४ प ३२८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया