• २३ भदौ २०८३, मंगलबार
  • ७ः२६ बेलुका

सशस्त्र प्रहरीद्वारा बारामा कोरोना भाइरसको जोखिम रोक्न सर्वसाधारणलाई ‘गोलो घेरा’ प्रणाली 

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०५:५२

काठमाडैं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम गर्न गृहमन्त्रालयले देशभर लकडाउन गरेको अवस्थामा बारामा सशस्त्र प्रहरीले सुरक्षा सतर्कता अपनाएको छ । बाराका सर्वसधारणलाई मास्क साबुन, सेनिटाईजर वितरण गरि जनचेतना जगाउने काम गरिरहेको सशस्त्र प्रहरीले स्वास्थ्यकर्मीको सल्लाह अनुसार कोभिड १९ बाट बच्न दुरी कायम गर्न साधारणलाई जनचेतना दिएको छ ।

National Life

सर्वसारणको दैनिक उपभोग्य वस्तु खरिद गर्दा दुरी कायम राखेर मात्र जान सुझाइएको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए । जिल्लाको कोल्भी नगरपालिका,सिम्रौनगढ, महागढिमाई, कलैया उपमहानगरपालिका लगायतका ठाँउहरुमा गोलो प्रणाली लगाएको उनले बताए । बाँकी स्थानीय तहमा पनि समन्वय गरि गोलो प्रणाली बनाउने काम भइरहेको बताएका छन् ।

किराना पसल, तरकारी बजार, औषधी पसल, कपडा पसल लगायतको किनमेल गर्ने ठाउँहरुमा सशस्त्र प्रहरीको कमाण्डमा खटेका जवान लगायतकाले कम्तीमा एक फिटको दुरी कायम गर्ने गरि गोलो बनाई किनमेल गर्ने वतावरण बनाएको छ ।

Classic Tech Desktop

जिल्लामा सशस्त्र प्रहरीले नै नाका लगायतका ठाउँमा हेल्प डेस्क संचालन गरेको, मास्क, सेनिटाईजर, साबुन लगायत समाग्री वितरण गरेको थियो । यस्तो विपदको अवस्थामा पनि जिल्लाको विभिन्न ठाउँमा जनचेतना जगाउने काम सशस्त्र प्रहरीले गरिरहेको छ । विश्वभर फैलिएको कोरोना भइरस न्युनिकरणका लागि बाराको नागरीकलाई सचेत गराइएको छ ।

प्रतिकृया