एनसेलले सबै ग्राहकको मध्य नजर गर्दै ल्यायो रिचार्जमा अब १२० प्रतिशत बोनस
प्रकाशित मिति
२०७६ चैत्र १४ गते, शुक्रबार ०६:५२
काठमाडौं। एनसेलका सबै ग्राहकले चैत्र १३ बिहीबार बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले कोरोनाभाइरस रोग नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको एनसेल प्राइभेट लिमिटेडले जाकारी दिएका छन् । यस संकटको अवस्थामा एनसेल एक जिम्मेवार र एक अत्यावश्यक सेवा प्रदायकको रुपमा आफ्ना सेवाहरु चुस्त र निरन्तर सुचारु राख्न प्रतिबद्ध रहेको जानकारी दिएको छ ।
ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ।
यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु२००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन्। उदाहरणका लागि यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६० प्राप्त गर्दछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६०० प्राप्त गर्दछन् । बोनस रकम तीन दिन सम्मका लागि मान्य हुने एनसेल प्राइभेट लिमिटेडले जानकारी दिएको छ।
हालको विपद्को परिस्थितीलाई मध्य नजर गदैं बुधबारमात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जिबीको स्टे होम प्याक र रु २०० सम्म एनसेल सापटी लिन सकिने व्यवस्था समेत ल्याएको छ।





प्रतिकृया