• २३ भदौ २०८३, मंगलबार
  • ७ः४७ बेलुका

ग्याँस १० देखि ५ बजे सम्म काठमाडौं उपत्यकामा २५ ठाउँमा बिक्री केन्द्र सञ्चालन

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०७:१२

 

National Life

काठमाडौं। उपभोक्ताले खाना पकाउने ग्याँस अझै सहज तरिकाले नपाइरहेको अवस्थालाई मध्यनजर गरी केही विक्री केन्द्रहरुले विहान १० देखि साँझ ५ बजेसम्म खाना पकाउने एलपीजी ग्यास विक्री गरिरहेका छन् । सरकारले आइतबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ।

कोरोना भाइरसको रोकथामका कारण सरकारले एक हप्ता लकडाउन गरेको र त्यो लम्बिन सक्ने भएकाले थप केन्द्रबाट बिक्री गर्न थालिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल आयल निगमले ग्यास उद्योग संघसँगको सहकार्यमा काठमाडौं उपत्यकाका २५ ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गरेका हो ।
थप बिक्री केन्द्रहरुस्

१. नेपाल र तारा ग्यास– बालाजुको बीएमसी कर्नर, अनामनगरको अनामनगर स्टोर र सातदोबाटोको एन.एस स्टोरबाट

२. सागर र चण्डी ग्यास– जडीबुटी बिक्री डिपोबाट

३. एसटीसी ग्यास– कालीमाटीको साल्ट ट्रेडिङ कर्पोरेशन, जडिबुटी गोदाम र सतुङ्गलबाट

४. ओम ग्यास– थलीको आदर्श स्टोर र नैकापको उत्सव खड्का स्टोरबाट

५. बाबा, श्री र लुम्बिनी ग्यास– कपनको भद्रा फ्युल र धुम्बाराहीको एलाइट सिल अगाडिबाट

६. एचपी ग्यास– असिम किचेन एण्ड सप्लायर्स

७. द्धार्थ ग्यास– इमाडोलको केसी एलपी सप्लायर्सबाट

८. श्रीमाया ग्यास– सतुङ्गलको डिपोबाट

९. लोकप्रिय ग्यास– नैकापको भाञ्जा ट्रेडर्सबाट

१०. राजधानी ग्यास– सीतापाइलामा रहेको डिपोबाट

११. सूर्य ग्यास– जगातीमा रहेको जोशी भिमसेन स्टोरबाट

१२. गीता ग्यास– धुम्बाराहीको टोयटा शो रुम अगाडिबाट

१३. हिमाल ग्यास– भगवती वहालको प्रयास ट्रेडर्सबाट

१४. नमस्ते ग्यास– कागेश्वरी मनहराको कुमार स्टोरबाट

१५. भानु ग्यास– गोङ्गबुको लिला ग्यास डिपोबाट

१६. एभरेस्ट र सुगम ग्यास– सिफलको ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट

१७. श्रीराम ग्यास– हरिसिद्ध ललितपुरको श्रीराम ग्यास

१८. मनोज सप्लायर्सले सानेपाको सुमन सम्राट र न्यू नविन स्टोरबाट

प्रतिकृया