• १९ भदौ २०८३, शुक्रबार
  • ४ः२४ बिहान

भ्रममा नपरौ सबै मिलेर कोरोना विरुद्ध संघर्ष गरौंः डा.मोनिषा कार्की

प्रकाशित मिति

२०७६ चैत्र १२ गते, बुधबार ०६:१८

बिश्वमा सवा चार लाख मान्छेमा सक्रमण सरेको र झण्डै १९ हजार मान्छेको ज्यान लिएसकेको कोरोना भाइरसको बारे नेपालमा अनेक भ्रमहरु सोशल मिडियामा आइरहेको थियो। यती संक्रमित छन उति छन , सरकारले बिरामीहरु लुकाइराखेको छ। नर्भिकमा कोरोनाबाट मान्छे मरे, सेनाले राती हेलिकप्टरबाट किटनाशन औषधि छर्कदै छ। भन्ने खालका कुराहरुले जनमानसमा आतंक फैलिरहेको थियो। यता माक्स सेनेटाइजर मेडिकलहरुमा पाउन कठिन भैसकेको थियो। ग्यास, पेट्रोलियम पदार्थ र खाद्य सामाग्री अभाब हुन थाली सकेको थियो।

२०१९ को डिसेम्बरमा चाइनामा देखिएको यो संक्रमण झण्डै ८० हजार संक्रमित र ३२ सय मान्छे गुमएर निकै कठिनाइका साथ तीन महिना पछी मार्च २०२० आफू मुक्त भएको घोषणा गर्ने चरणमा चिनीयाहरु थिए। यता सरकारले भ्रमण बर्ष जस्ता महत्वपूर्ण कार्यक्रम रद्ध गर्दै संक्रमण फैलिएको देशहरुबाट नेपाल आउने भिसामा प्रतिबन्ध लगाएको थियो। सम्पुर्ण जनसमुदायलाई भोज,भत्तेर सभा समारोहमा सहभागी नहुन र अति आबास्यक काममा बाहेक यात्रा नगर्न अनुरोध गरेको थियो। औषधि ,माक्स ,खाद्यान्न संकट गराउने ब्यक्तिहरुलाई गिरफ्तार गर्दै कार्बाही गर्दै थियो। सोशल मिडियामा अफवाह फैलाउने ब्यक्तिहरुलाई पनि गिरफ्तार गरिरहेको थियो।

Kamana Sewa

चाइनाले कोरोना नियन्त्रणमा पूरा शक्ति लगारहँदा त्यसलाई गम्भीरताका साथ नलिने इटाली र स्पेन जस्ता देशमा परिस्थिति भयावह बन्दै थियो। कोरोनालाई चाइनिज भाइरस भनेर जिस्काउने ट्रम्पको देश अमेरिकामा यो ठुलो चुनौती बन्दै थियो। यो महामारीमा अमेरिकाले आफ्नो नेतृत्व देखाउन नसक्ने हो भने संसार बाट उसको साम्राज्य समाप्त हुनसक्छ भनेर बिद्वानहरुले बिष्लेशन गरीरहेका छन।

Classic Tech Desktop

गत ७ गते शुक्रबार साझ छ बजे प्राधानमन्त्री ज्युले रष्ट्रको नाममा संबोधन गर्नु भयो। देशका अतिआबास्यक सेवा बाहेक सबै बन्द गर्ने र कोरोना संक्रमण नेपाल भित्रन नदिन सचेत हुने अव्हान गर्नु भयो। अघिल्लो दिन बाट सुरु हुने एस ई ई परिक्षा सरकारले स्थगित गरिसकेको थियो।भने भक्तपुर जिल्लमा पनि बिपद ब्यबस्थापन समितिको बैठक बसी जनप्रतिनिधि , प्रहरी प्रशासन, स्वास्थकर्मीहरुको सयुक्त पहलमा विभिन्न योजना बनाइएको थियो। खरिपाटी क्वारणटायन उपडेट गर्ने,म कर्यरत नागरिक सामुदायिक अस्पताल लगाएत अस्पतालमा २५ बेड आसोलेसन वार्ड स्टाण्डबाई राख्ने र जन चेतनामुलक कार्यक्रम संचालन गर्ने नीर्णय भएको थियो।भारतमा पनि महाराष्ट्र लगाएतको स्थानमा संक्रमन फैलिन थालेको र आधादर्जन ब्यक्तिको मृत्यु भैसकेको कारण नेपालमा झन खतराको अबस्थामा आइपुगेको थियो। दुई दीन अघाडी सार्क राष्ट्रहरूले भिडियो कन्फरेन्स मर्फत मिटिङ्ग गरेर कोरोना नियन्त्रण गर्ने रणनीति बनाउदै प्रतिबद्धता जाहेर गरेका थिए।

नौ गते स्वस्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट आएको एउटा १९ बर्षे युवतीमा कोरोना सक्रमण दिखिएको जनकारी गरायो। सोहिदिन सरकारको निर्णय बाट मुलुक लक डाउन गर्ने निर्णय आयो। सम्पुर्ण जनतालाई घरभित्र बस्न आव्हान गरियो।स्वास्थ संकटको बेला सरकारले गरेको यो निर्णय सर्वत्र स्विकार्य थियो। स्वभबिकै यस पछि हाम्रो काँधमा थप जिम्मेवारी आइपर्यो किनकि यो महामरीबाट बिजय हासिल गर्ने भनेको स्वस्थकर्मी खटने आम जनता घरमा बस्ने नै हो। यो रोगको विरुद्ध कुनै औषधि बनिनसकेकोले संसारका सबै देशले यही तरिका अपनाएका थिए।

समग्र घटनाक्रम म एउटा डक्टरको हैसियतले नियाली रहेको थिए। अब हाम्रो थप र बिशेष भुमिका आबस्यक छ भनेर अस्पताल ब्यबस्थापन समितीको बैठक बोलाएर बिशेष योजना बनाइरहेका थियौं। कोही बिदामा नबस्ने जुनसुकै बेलामा सक्रमण हुन सक्ने भएकोले ज्यान जोखिममा लिएर भएपनि सेवामा खटने दरिलो मन बनाएको थियौं। सबै स्वास्थकर्मी झै मैले पनि। मान्छेहरूलाई हात धुने, माक्स लाउने सेनेटाइजर प्रयोग गर्ने जस्ता बिषयमा सचेत गराउन सांसद महेश बस्नेत, समाजसेवी गोपी नेउपाने, राजनितिज्ञ वचन देउजा, खेलकुद बिकास समितिको अध्यक्ष श्री भक्त कासिछ्वा अभियान्ता मदन घिमिरे, रुद्र काफ्ले नरेश रन्जित लगाएतहरुसंग सल्लाह र सहकार्य गरि नागरिक अस्पताल, नागरिक उपचार कोष , माछापुच्छ्रे बैंक, हेल्दी हर्ट जस्ता निकाय संग सहकार्य गर्दै विभिन्न कार्यक्रम कौशलटार गठ्ठाघर लगाएतको स्थानमा संचालन गरिएको थियो। नागरिक अस्पतालका डेपुटी सुपर्टेन्डेट डा. अशोक राई र हामीले मिलेर सन्देश मुलक भिडियो सामाग्री बनाएर प्रचार गर्न थलिसकेका थिंयौ।

अब हामीलाई विभिन्न चिनजानका मान्छेबाट फोन आउने क्रम सुरु हुन थाल्यो।कतिपय बिरामी जो अस्पताल वा डक्टरकोमा जान सक्दैन थिए। उनीहरु हामीबाट परामर्श चाहान्थे । म मेरो ब्यबसायीक जेवनमा बिरामीले सदैब हामीबाट लाभ लिउन भनेर सचेत रहन्थे अहिले पनि म प्रतेकको कल उठाइरहेको छु र आफ्नो ज्ञानले जाने सम्मको परामर्श दिई रहेको छु। यता औषधि र स्वस्थ सामग्रीको अभाब हुने स्थिती देखिदै थियो।हामीले यो बारेमा पनि केहि काम गर्नु पर्दछ भनेर नागरिक उपचार कोष र जिल्ला खेलकुद समिति र मेरो निजी लगानीमा ३ पिस पी पी सुठ किन्ने निर्णय गरियो। नागरिक अस्पतालले पनि आबास्यक सामाग्री खरिद गर्न थालेको छ।

साँझ आमाको फोन आयो र कुराकानी भयो। चाईनाको डाक्टरहरुले हात हल्लाउँदै गरेको दर्दनाक घटना र इटालिका स्वास्थकर्मीमा देखिएको सक्रमणको कुरा गर्दै सचेत हुदै दह्रो मन बनाएर सेवा गर्ने समय आएको छ। ‘हामीले तिमीलाई पढाएर डाक्टर बनाएकोमा गौरबान्बित छौ लाग छोरी देशको लागि खट । ’ संचै आमाको त्यो हौसलाले जस्तो सुकै अबस्थामा पनि सेवा गर्ने अत्मा बिस्वास पलायो। भोलि पल्ट बिहानै मेरो आत्मीय साथिसंग कुरा भयो पुर्ण हौसलाका सथ खटनु भारतमा डाक्टर,नर्सहरुलाई कोठाबाट निकालेरे कति पय ब्यक्तिले बुझेर नबुझेर अपमान गर्न सक्छन उच्च मनोबलका साथ खटनु। आमा र साथीको यो उच्च हौसलाले निकै मनोबल बडायो।

घरबाट अस्पताल जानै कठिनाई, खानपिन देखि दैनिक जीवनको समस्याको चुनौती सामना गर्दै न्यून तलब खाएर खटेका मेरा मित्रहरु चाउ चाउ चपाँउदै अस्पतालको कार्यकक्षमा अफुहरु माथी टोल समाज छिमेक र घरभेटीहरुले हेर्ने नजर फेरिएको कुरा सुनाउदै थिए। म यो संकटको घडिमा आह्वान गर्दछु, हामी सबै मिलेर काम गरौ। कोही घरबाट ननिस्किउ । हामी स्वास्थकर्मी जस्तो सुकै अबस्था सामना गर्न तयार छौ। भ्रममा नपरौ आधिकारिक सुचना मात्र पत्याँउ। डाक्टर,नर्स,स्वास्थकर्मी र सुरक्षाकर्मीलाई सहज किसिमले काम गर्न दिउँ। उनीहरुलाई हौसला प्रधान गरौं। कसैको अपमान नगरौ ।अनावश्यक संका नगरौ। सरकारले चालेका सबै प्रयासमा साथ दिउ। कोरोना विरुद्धको महान युध्द हामी अबस्य जित्नेछौ।

प्रतिकृया