• २० भदौ २०८३, शनिबार
  • २ः२७ राती

पर्साको सबैठवा र धोरेमा हेल्थ डेस्क स्थापना

प्रकाशित मिति

२०७६ चैत्र १० गते, सोमबार ०७:४८

 

National Life

वीरगञ्ज । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न भारतसँग सीमा जोडिएको पर्साको सबठैवा र धोरेमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

पकहामैनपुर गाउँपालिकाले वडा नम्बर ५ को सबैठवा र वडा नम्बर १ को धोरेमा हेल्थ डेक्स सञ्चालनमा ल्याएको हो । भारतबाट फर्किका नेपालीहरुलाई चेकजाँच गरेर मात्रै नेपाल प्रवेश गर्न दिएको गाउँपालिका अध्यक्ष विजय चौरसियाले जानकारी दिएका छन्।

Classic Tech Desktop

नेपाल सरकारले भारतीय सीमा नाका बन्द गरेपछि प्रहरीको सहयोगमा नेपाल आउन लागेका भारतीयलाई फर्काइएको अध्यक्ष चौरसियाले जनाए।

सोमबार सो नाका भएर नेपाल प्रवेश गरेका ३५ जना नेपालीलाई चेकजाँच गरिएको सबैठवा स्वास्थ्य चौकीका इन्चार्ज राजन यादवले बताए ।गाउँपालिका अध्यक्ष चौरसियाको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना भाइरसबाट बच्न टोल–टोलमा सचेतना अभियान समेत सञ्चालन गरेको छन् ।

सबैठवा, खेश्रहाको मुसहर बस्तीमा कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेत गराउनुका साथै साबुन र मास्क समेत वितरण गरिएको अध्यक्ष चौरसियाले जानकारी दिएका छन्।

गाउँपालिकाको बोर्ड बैठकले ५ वटै वडामा विभिन्न किसिममा सचेतना कार्यक्रम गर्ने, कोरोना भाइरसबाट बच्न विप्पन वर्गलाई मास्क र साबुनपानीको व्यस्था गर्ने निर्णय गरेको उनले बताएका छन्।

प्रतिकृया