• २२ भदौ २०८३, सोमबार
  • १०ः०५ बिहान

सिद्धिकाली मन्दिरको छानामा सुनको जलप लगाउन आर्थिक सहयोग संकलन गर्दै

प्रकाशित मिति

२०७६ चैत्र ९ गते, आईतवार ०३:४१

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नंं ५ र ६ मा धार्मिक एवं ऐतिहासिक महत्व वोकेको सिद्धिकाली मन्दिरको तल्लो छानामा सुनको जलप लगाउने कार्यलाई आज शनिवार विभिन्न व्यक्तिबाट आर्थिक तथा भौतिक सहयोग प्रदान गरेको छ ।

National Life

नेपाली कांग्रेस नेता अष्टकुमार कवें र उनका भाई ईञ्जिनियर तुल्सीकुमार कवेंले आप्mनो बुबा स्वर्गिय गणेशकुमार कवें प्रजापति र आमा लक्ष्मीमाया कवें प्रजापतिको नाममा २ लाख २५ हजार ५ रुपैयाँ आर्थिक सिद्धिकाली क्षेत्र संरक्षण तथा विकास समितिका पदाधिकारीहरुलाई सहयोग प्रदान गरेको छ ।

आर्थिक सहयोग प्रदान गर्दै नेता कवेंले सिद्धिकाली मन्दिर नगरकै प्रतिष्ठित एवं धार्मिक महत्व वोकेको मन्दिर भएको र यस क्षेत्रमा गरिने विभिन्न धार्मिक गतिविधिहरुमा आफुले पहिलेदेखि नै साथ र सहयोग रहेकोले आगामी दिनमा पनि यस क्षेत्रमा अझ सहयोग गर्ने बताउनुभयो । उहाँले उक्त मन्दिर क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्नमा आफूले पनि सक्दो सहयोग गरेको र गुरुयोजना तयार गर्ने क्रममा घटेका विभिन्न घटना पनि स्मरण गराउनु भएको थियो ।

Classic Tech Desktop

उक्त अवसरमा समितिका अध्यक्ष दिलकृष्ण प्रजापतिले आर्थिक सहयोगकालागि सबैमा हार्दिक आभार प्रकट गर्दै उक्त मन्दिरमा सुनको जलप लगाउन २ किलो सुनको आवश्यक्ता पर्ने बनाउनुभयो । विस्का जात्रालाई सक्याउने उद्देश्यका साथ छानाको काम तीब्र गतिमा भैरहेको भन्दै सिद्धिकाली मन्दिरको छानामा सुनको जलप लगाउने उपभोक्ता समितिका अध्यक्ष नाइराम प्रजापतिले त्यसका लागिसमिति तथा उपभोक्तिा समितिका पदाधिकारीहरु अहोरात्र खटीरहेको बताउनुभयो । सोही अवसरमा मध्यपुर थिमि नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रेमबहादुर कुटुले पनि छानामा सुनको जलप लगाउने कार्यमा १ (एक) तोला सुन सहयोग गर्नुभएको थियो ।

सिद्धिकाली मन्दिरको छानामा सुनको जलप लगाउने उपभोक्ता समितिका कोषाध्यक्ष हिरामान शंखदेव बताउनुभयो । यसैैबीच आजै मन्दिर परिसरमा काठमाडौं बालाजुमा समाजसेवी गौतम प्रजापतिले पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग समितिका पदाधिकारीहरुलाई प्रदान गर्नुभएको थियो । मध्यपुर थिमि नगरपालिकाको १ करोड ५० लाख रुपैयाँको आर्थिक सहयोगमा सुनको जलप लगाई छाना छाउने कार्य अघि बढिरहेको समितिले जनाएको छ ।

प्रतिकृया