• २१ भदौ २०८३, आइतबार
  • ४ः२६ बिहान

कोरोनाको प्रभाव: उपत्यकाबाट दैनिक २ लाख बाहिरिँदै, रुट परमिट खुला

प्रकाशित मिति

२०७६ चैत्र ७ गते, शुक्रबार ०८:२५

काठमाडौं । काठमाडौं उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिन थालेका छन्।

National Life

कोरोनाको त्रासले सरकारले चैत मसान्तसम्म शैक्षिक प्रतिष्ठानहरू बन्द गरेपछि अधिकांश विद्यार्थी आ–आफ्नो थातथलो फर्किन थालेका खबर आजको नयाँ पत्रिका दैनिकमा छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबार २ लाख यात्रु काठमाडौंबाट बाहिरिँदै छन्।

१० चैतसम्मका लागि उपत्यकाबाहिर जाने सार्वजनिक सवारीसाधनको टिकट बुक भइसकेको छ । बिहीबार मात्रै निजी र सार्वजनिक सवारीसाधनबाट २ लाख यात्रु बाहिरिएको उनको भनाइ छ। काठमाडौंबाट बाहिरिने सवारीसाधनको संख्यामा वृद्धि भएसँगै उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधनको संख्यामा कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Classic Tech Desktop

यातायात व्यवस्था विभागले १३ चैतदेखि सवारीचालकको नयाँ लाइसेन्स (अनुमतिपत्र) जारी गर्ने र वर्ग थप गर्ने कार्य पनि स्थगित गरेको छ ।
लाइसेन्स लिने ठाउँमा अत्यधिक भिड हुने भएकाले स्थगित गर्नुपरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

प्रतिकृया