• २१ भदौ २०८३, आइतबार
  • ६ः१९ बिहान

आजको मौसम: बदलीसहित चट्याङ र वर्षाको सम्भावना

प्रकाशित मिति

२०७६ चैत्र ७ गते, शुक्रबार ०८:२०

काठमाडौं । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

अपरान्हपछि पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
शुक्रबार राति देशको पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ०७ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।अपरान्ह पछि पहाडी भू-भागका १(२ स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Classic Tech Desktop

रातीः देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ।बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ ।

चैत्र ०८ गते (शनिबार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भू-भागका थोेरै स्थानहरूमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०९ गते (आइतबार)
दिउँसोः देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा र पश्चिमी पहाडी भू-भागका थोेरै स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया