• २४ भदौ २०८३, बुधबार
  • १ः०० दिउँसो

सानै उमेरमा पोइला जाने युवतीको संख्या बढेपछि मोबाइल प्रतिबन्ध

प्रकाशित मिति

२०७६ चैत्र ६ गते, बिहीबार ०३:४४

बिरगंज, बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ ले अनौठो निर्माण गरेको छ । वडाले अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो । कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा छलफल पछि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय भएको हो ।

National Life

उक्त वडाको चौरहरिया टोलबाट एक महिनामा चौरहरिया टोलबाट मात्रै दुई जना १२र१४ बर्षका केटीहरु भागेका थिए । छोराछौरी भागेपछि अभिभावक जनप्रतिनिधिकोमा गुनासो लिएर गएका थिए । गुनासो सम्बोधन गर्न यस्तो निर्णय गर्नुपरेको वडाले जनाएको छ । अविवाहित केटा घरबाहिरको काममा रहने भएकोले उनीहरुलाई भने मोबाइल बोक्नमा प्रतिबन्ध लगाइएको छैन ।

प्रतिकृया