• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

के हो प्रोस्टेट ?

प्रकाशित मिति

२०७६ चैत्र ३ गते, सोमबार ०२:११

डा. अनिल श्रेष्ठ

के हो प्रोस्टेट ?

प्रोस्टेट भनेको पुरुषहरुको पिसाब थैली र लिङ्गको बिचमा रहेको ग्रन्थीलाई भनिन्छ । यो ४० वर्ष नाघेका पुरुषहरुलाई लाग्ने संभावना बढी हुन्छ । प्रोस्टेटले एक प्रकारको तरल पर्दाथ उत्पादन गर्छ जस्ले शुक्रकितलाई बचाउने काम गर्छ ।

Kamana Sewa

लक्षणहरु
सबै मानिसमा एकै प्रकारको लक्षणहरु नदेखिने हुन सक्छ । उमेर, प्रोस्टेटको साईज अनुसार फरक फरक हुन्छ ।
१) छिनछिनमा पिसाब लाग्ने
२) राती पिसाब गर्न उठि रहनु पर्ने
३) पिसाब फेर्ने गारो हुने
४) पिसाबको धारा सानो हुने
५) पिसाब गरिसके पछि अझै बाँकी भएको जस्तो अनुभव हुन्छ ।

Classic Tech Desktop

अन्य संभावित पिसाब संक्रमण कारणहरु
१) पिसाब नलीको संक्रमण
२) प्रोस्टेटको संक्रमण
३) पिसाब नली साँघुरिदै जानु
४) पहिलाको अपरेसन पछि पिसाब थैलीमा दाग बस्नु
५) पिसाब थैली र मृगौलाको पत्थरी
६) पिसाब थैलीको नशाको समस्य
७) प्रोस्टेट र पिसाब थैलीका क्यान्सर

कुन बेलामा डाक्टर भेट्ने
माथि उल्लेखित कुनै समस्याहरु देखेमा डाक्टरलाई भट्ने र सल्लाह बमोजिम उपचार गर्ने । यदि पिसाब रोकेमा चाडो भन्दा चाडो डाक्टरलाई भेट्ने

कारणहरु
प्रोस्टेट पिसाब थैलीको ठिक तल रहेको हुन्छ जसको बिचबाट पिसाब नली गएको हुन्छ । जुन बेला प्रोस्टेट बढेर ठुलो हुन्छ त्यसपछि पिसाब रोकिन सुरु हुन्छ ।

जोखिमका कारक तत्वहरु
उमेर : प्रायजसो ४०वर्ष नाघेका पुरुषहरुमा यो समस्या देखिएको पाईन्छ ।
वंशानुगत : वंशानुगत रुपमा पनि यो रोग लाग्ने हुन्छ ,बुबा वा दाईलाई छ भने छोरा भाईलाई लाग्ने संभावना हुन्छ ।
जिवन शैली : व्यस्त जीवन शैलीमा व्यायमको कमिले पनि यो रोग लाग्ने संभावना हुन्छ ।

जटिलताहरु
पिसाब फेर्न नसक्नु : बढेका मासुको कारण पिसावको नली सानो हुने भएकोले पिसाब फेर्न सकिदैन त्यसैले पिसाबको नलीमा पाईप राखी पिसाब गराइन्छ ।
मुत्रनलीमा संक्रमण : पिसाब थैलीमा भएको पिसाब सबै सकिदैन त्यसले गर्दा मुत्र नलीमा संक्रमण हुन्छ । लगातार मुत्रनलीमा संक्रमण भएको खण्डमा अपरेसन गर्नुपर्छ ।
पिसाब थैलीमा पत्थरी : पिसाब थैलीमा भएको पिसाब सबै नखुलेमा पत्थरी हुने बढी संभाबना हुन्छ । पिसाब नलीमा संक्रमण हुदा, पिसाबमा रगत देखिनु जस्ता समस्याले गर्दा पिसाब थैलीमा पत्थरी हुन्छ ।
मृगौला खराबः पिसाब राम्रो संग फेर्न नसकेर जम्मा भएको पिसाबको कारणले गर्दा पिसाब थैलीमा बढी चापभई मृगौला खराब हुन्छ ।
थोरै समयको लागि पिसाब थैलीमा पिसाब जम्मा भइरहेमा र मृगौला खराबभई जीवन खतरनाक परिस्थिति हुन पुग्छ ।

प्रतिकृया