• २४ भदौ २०८३, बुधबार
  • ३ः३८ दिउँसो

असिनापानीले पुर्याएको क्षतीको मन्त्री अर्यालद्वारा स्थलगत निरिक्षण, विचलित नहुन आग्रह

प्रकाशित मिति

२०७६ चैत्र ३ गते, सोमबार १२:५३

स्याङ्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले स्याङ्जा स्थित फेदिखोला नगरपालिकामा असिनापानी चट्याङले पुर्याुएको क्षतीको स्थलगत निरिक्षण गर्नुभएको छ । मन्त्री अर्याल आज (सोमबार) फेदिखोला गाउँपालिका पुगेर शनिबार राती आएको हावाहुरी चट्याङ सहितको असिनापानीले गाउँपालिका क्षेत्रमा पुर्याुएको क्षतीको निरिक्षण गर्नुभएको हो ।

National Life

असिनापानीले ठूलो मात्रामा क्षती पुर्यामएको क्षेत्र फेदिखोला गाउँपालिका वडा नम्बर ४ को आरुखर्क र वडा नम्बर २ को कुडुले भन्ने स्थानमा पुगेर मन्त्री अर्यालले स्थलगत निरिक्षण गर्नुभएको हो । असिनापानीले क्षती पुर्यासएको क्षेत्रमा पुगेर मन्त्री अर्यालले कृषिमा लगानी गरेर अगाडी बढेमा कृषिमार्फत देश समृद्ध हुने भन्दै त्यसैका आधारमा फेदिखोलाबासी कृषिमा लागेको बताउनुभयो ।

यस क्षेत्रमा प्राकृतिक विपत्तिबाट ठूलो क्षति हुन पुगेको भन्दै यस क्षतिबाट निराश नभएर फेरिपनि उर्जाका साथ कृषि क्षेत्रमा अगाडी बढ्न मन्त्री अर्यालले त्यस क्षेत्रका नागरिकलाई आग्रह गर्नुभएको छ ।‘तपाईहरु कृषि क्षेत्रमा उर्जाका साथ लाग्नुभयो । यो कार्यको म उच्च प्रसंशा गर्दछु । अहिले प्राकृतिक विपद् आएर ठूलो क्षति पुर्यारएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘यस क्षतिबाट तपाईहरु कतिपनि विचलित नभएर फेरिपनि उर्जाका साथ लाग्नुस् । राज्यले तपाईहरुलाई सहयोग गर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्यांकन गरेर विवरण पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई आग्रह गर्नुभएको छ । सबै विवरण आइसकेपछि संघ प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपुर्ती दिने मन्त्री अर्यालले प्रतिबद्धता दिनुभयो ।

गत शनिवार ९चैत १ गते० राति साढे ११ बजेदेखि साढे २ बजेसम्म अबिरल रुपमा परेको असिनापानीले वडा नम्बर १, २, ३, ४, ५, ९ वडामा क्षती पुर्यालएको छ । असिनापानीका कारण टनेल, सागसब्जी, सुन्तलाको रुखहरु, डाले घाँस सबै ध्वस्त भएको वडा नम्बर ४ का अध्यक्ष माधव शर्माले जानकारी दिनुभयो । यस्तो ठूलो असिनापानी ययसअघि आएको थाहा नपाएको उहाँले बताउनुभयो । ु२०२४ सालमा अलिअलि आएको थाहा पाउछौ । त्यसपछि यस्तो असिनापानी आएकै छैन । म अहिले ५८ वर्षको भए यस्तो असिनापानी आयो की सबै कुरा लगेर गयोु, वडाअध्यक्ष शर्माले भन्नुभयो ।

शर्माका अनुसार १ नम्बर वडामा ६० प्रतिशत, २ नम्बर वडामा ५५ प्रतिशत, ३ नम्बर वडामा ५० प्रतिशत क्षति भएको छ । उहाँकाअनुसार वडा नम्बर ४ मा सबैभन्दा बढी क्षती भएको छ भने ५ नम्बर वडामा कम क्षति भएको छ । १,२ वटा घरमा चट्याङ परेपनि क्षति भने भएको छैन ।

प्रतिकृया