• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

भिजिट नेपाल २०२० रद्द गरिदै

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ०१:२९

काठमाडौं, नेपाल सरकारले भिजिट नेपाल २०२० रद्द गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणले विश्वभर संकट आएपछि भ्रमण वर्ष रद्द गर्ने टुंगोमा सरकार पुगेको हो ।

यसको अन्तिम निर्णय भने यसै हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने बुझिएको छ । सरकारको विश्वस्त स्रोतले जानकारी दिए अनुसार कोरोनाले विश्व महामारी घोषणा भइरहेको अवस्थामा रद्द गर्नुनै ठिक हो भन्ने टुंगोमा पुगिएको हो । अबको मन्त्रिपरिषद् बैठकमा रद्दको प्रस्ताव लगी निर्णयमा पुगिने बुझिइएको छ । विश्वभर कतिपय देशले सीमा बन्द देखि आवत्जावत्मा समेत बन्देज लगाएका छन् ।

Kamana Sewa

भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्राउने सरकारको योजना थियो । तर, कोरोना भाइरसका कारण दुई महिनायता पर्यटक निकै घटेका थिए । सरकारले हिमाल आरोहणमा समेत एक महिनाका लागि रोक लगाएको छ ।

Classic Tech Desktop

प्रतिकृया