• ६ असोज २०८३, मंगलबार
  • ११ः३४ बिहान

सार्क नेताहरुको भिडियो कन्फरेन्स हुने

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ०२:०२

काठमाडौं, कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा बलियो रणनीति बनाउन सार्क राष्ट्रका नेताहरुले संयुक्त छलफल गर्ने भएका छन् । आज साँझ पाँच बजे सार्क नेताहरुको भिडियो कन्फेरेन्स हुने भएको छ ।

National Life

भिडियो कन्फेरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फरेन्समा सहभागी हुने टुंगो लागिसकेको छ । बँगलादेश र भुटानबाट प्रधानमन्त्री, मालदिभ्स, अफगानिस्तान र श्रीलंकाबाट राष्ट्रपति सहभागी हुनेछन् । यी देशका नेताहरुले मोदीको प्रस्तावको स्वागत गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने कुनै सार्वजनिक जवाफ दिएका छैनन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु मिलेर कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउने प्रस्ताव गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले शुक्रबार दिउँसो यसबारे सबै नेताहरुले छलफल गरेर रणनीति बनाउन प्रस्ताव गरेका थिए । त्यसमा पाकिस्तानबाहेक सार्क देशका राष्ट्रपति र प्रधानमन्त्रीहरुले तत्काल स्वागत गर्दै मिलेर कोरोना भाइरसविरुद्ध अगाडि बढ्न तयार रहेको प्रतिक्रिया दिएका थिए ।

प्रतिकृया