• २६ भदौ २०८३, शुक्रबार
  • १२ः५१ राती

सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द

प्रकाशित मिति

२०७६ चैत्र १ गते, शनिबार ०१:२३

पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडक दैनिक आठ घण्टा बन्द भएको छ। चैत १ गतेदेखि १२ गतेसम्म तानसेन बुटवल सडकखण्डका घुम्ती कटानको लागी दैनिक ८ घण्टा सडक बन्द भएको हो।

National Life

घुम्ती कटानको कामलाई छिटो छरितो गर्न र कामको समयमा कटान क्षेत्रमा दुर्घटना नहोस भनी सडक बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ। कार्यालय सर्वसाधारणको लागि सूचना नै जारी गरी चैत्र १ गतेदेखि १२ गते सम्म बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द गरिने डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले बताए।

पाल्पा बुटवल सडकखण्डमा अत्याधिक घुम्ती रहेको र दुर्घटना बढेकोले रार्जमार्ग सडक सुधार अन्तरगत यो कार्यक्रम सञ्चालनमा आएको हो। डिभिजन सडक कार्यालयले यस अघि तानसेन तम्घास सडका घुम्ती सुधार कार्यक्रम संचालन प्रभावकारी भएपछि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकमा पनि यो कार्यक्रम लागु गरेको हो। यस आर्थिक बर्षमा तानसेन बुटवल सडकखण्डको कालीमाटी चर्चरे क्षेत्रको घुम्ती कटान गरिने छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया