डलरको भाउ अहिलेसम्मकै महँगो, अन्य देशका मुद्राको विनिमयदर कति पुग्यो ?(सूचीसहित)
प्रकाशित मिति
२०७६ फाल्गुन ३० गते, शुक्रबार १०:१६
नेपाल राष्ट्र बैंकले शुक्रबार (फागुन ३०) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा रहेको छ । बिहीबार डलर एकको खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा रहेको थियो भने शुक्रबार बढेको हो ।

यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५१ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः




प्रतिकृया