• ५ साउन २०८३, मंगलबार
  • ८:५६ बिहान

गोरखामा जीप दुर्घटना, घाइते १० मध्ये चारको अवस्था गम्भीर

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार १०:३०

गोरखा । गोरखाको केउरामा आज विहान भएको जीप दुर्घटनामा एकै गाउँका १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने प्रयास भइरहेको छ । प्रहरीका अनुसार, बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप बिहान ७ बजे दुर्घटनामा परेको हो ।

Kamana Sewa

ट्राफिक प्रहरी कार्यालय गोरखाका इञ्चार्ज सुकबहादुर विकका अनुसार, दुर्घटनामा रञ्जोक गाउँका श्रीमान् गुरुड, विमला गुरुङ, बुद्धबहादुर गुरुङ, रमा गुरुङ, टेकमाया गुरुङ र उनकी ६ वर्षीया छोरी सुनीता, सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र चालक आनन्दकुमार गुरुङ पनि घाइते भएका छन् । घाइतेमध्ये विमला, रमा, क्षेत्रकमारी र सुकमायाको अवस्था गम्भीर रहेको छ ।

Classic Tech Desktop

ब्रेक फेल भएर जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

प्रतिकृया