• ४ साउन २०८३, सोमबार
  • १०:२९ बेलुका

कानूनले नचिनेको तेजमान

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ११:३८

पहिलो पटक मुद्दा पर्दा उनी ३९ वर्षका हट्टाकट्टा थिए । मुद्दा मामिला गर्दागर्दै कपाल फुले, अनुहार चाउरिए । आँखा पनि राम्रो संग देख्न नसक्ने भएका छन । उमेर ७९ वर्ष पुरा भएर शरिर नै वोझिलो वन्दा समेत मुद्दाको मोहले छोडेको छैन रोल्पा त्रिवेणी गाउँपालिका ६ जुगारका तेजमान वलीलाई । वलीले अदालत धाउन थालेको ४० वर्ष भयो । यो प्रकृया अझै निरन्तर चलिरहेको छ उनैलाई थाहा छैन यो प्रकृया कहिले अन्त्य हुने हो ।

पिठ्यूमा मैलो झोला,हातमा लौरो अनि वैशाख जेष्ठको गर्मि होस कि पुस माघको कठाङ्ग्रीने जाडो सदावहार खुट्टामा चप्पल उनको पहिचान वनेको । सदरमुकाम लिवाङ मात्र हैन दाङ तुल्सीपुरमा रहेको उच्च अदालत देखी काठमाण्डौको सर्वोच्च अदालत समेत पटक पटक धाउने उनलाई धेरै कानुन व्यवसायीहरुले चिने पनि कानुनले भने यति लामो समयसम्म चिन्ने नसकेकै कारण वृद्ध शरिर लिएर अदालत धाईरहेका छन ।

Kamana Sewa

पहिलो पटक गाउँकै हरिभक्त खड्काले तेजमानलाई जग्गा खोसेको र ३ लाख रुपैयाँ लुटेको भनेर दाङ र कैलालीको जिल्ला अदालतमा मुद्दा हाले । रोल्पावाट दाङ नजिकै भए पनि कैलाली निकै टाढा पथ्र्यो । कैलाली प्रतिउत्तर लगाउन जादा आफुले निकै दुख पाएको तेजमानले स्मरण गरे । २०४७ सालको नापी नक्सा हुदा उनको सवै जग्गा दर्ता हुन छुटेछ । अमिनले मागेको घुस नदिदा सवै जग्गा दर्ता गर्न छुटेछ । पछि आधा जग्गा दर्ता भयो । अझै आधा जग्गा दर्ता हुन वाँकी छ तेजमानले भने । नापीको वेला म घरमा थिईन ८३ वर्षिया आमासंग कागजात मागेर गाउँका फटाहाले जालझेल गरेर जग्गा नापी नक्सामा छुटाईदिएछन तेजमानले भने ।

Classic Tech Desktop

सर्वोच्च अदालतमा परेको मुद्दाको शिलशिलामा उनी काठमाण्डौ जाँदा अधिकांश ठाउँ पैदल यात्रा गर्थे । रोल्पावाट काठमाण्डौ पुग्दा १ हप्ता लाग्थ्यो तेजमानले भने । कतिपय ठाउँ गाडी चढ्थे भने अधिकांश ठाउँ पैदल यात्रा गर्थे उनले भने । कमाई गर्ने समय मुद्धामामिला गर्दैमा वित्दा घरको आर्थिक अवस्था पनि कमजोर भयो उनले भने । घरमा छोरावुहारी भए पनि जग्गा जमिन मेरो नाममा भएकाले मुद्दा पनि म आफै लडिरहेको छु तेजमानले भने । छोरावुहारीले कानुन नजान्ने भएकाले आफुलाई वुढेशकालमा यस्तो दुखः व्यहोर्नु परेको तेजमानको वुझाई छ । कानुन वुझ्दैनन लाटा सोझा छन त्यसैले म आफै यो वुढो शरिर लिएर हिड्नु परेको छ तेजमानले भने ।

पछिल्लो पटक भने उनको एउटा मात्रै मुद्धा छ । गाउँकै भक्तवीर संगको मुद्दामा पनि उनी जिल्ला, उच्च हुदै सर्वोच्च पुगे । सर्वोच्च अदालतले जग्गा वदरको सो मुद्धा जिल्ला अदालतमै फर्काइदियो तेजमानले भने । कानुन वमोजिम गर्नु भनेर जिल्ला अदालतलाई आदेश दिएका कारण मैले जग्गा दर्ता वदर गरि पाउँ भनेर मुद्दा हालेको छु तेजमानले भने । जिल्ला न्यायधिशले मिलापत्र गरेर टुंग्याउदा राम्रो हुन्छ भन्नु भएको छ तेजमानले भने ।

मुद्दा गर्दा गर्दै मरिन्छ की भन्ने चिन्ता छ तेजमानलाई । सकेसम्म मिलापत्र गरेर मिलाउन पाए हुन्थ्यो भन्ने लागेको छ, मिलापत्रमा सहयोग गरिदिने कोही छैनन तेजमानले भने ।

प्रतिकृया