• ७ असोज २०८३, बुधबार
  • ११ः५७ बिहान

“चान्स टु वीन थ्रू अ क्लिक” अभियानका विजेतालाई टिभीएस जुपिटर स्कुटर पुरस्कार

प्रकाशित मिति

२०७६ फाल्गुन २३ गते, शुक्रबार ०७:२८

काठमाडौं । राकुटेन भाइवर र जगदम्बा मोटर्सद्वारा “चान्स टु वीन थ्रू अ क्लिक” अभियानका विजेतालाई टिभीएस जुपिटर ११० सीसी स्कुटर हस्तान्तरण गरिएको छ ।

National Life

टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टीकर प्याकहरुका लागि राकुटेन भाइवरसँग सहकार्य गरेको छ ।

यस अवसरमा जगदम्बा मोटर्सले टिभीएस ब्राण्डका लागि “चान्स टु वीन थ्रू अ क्लिक” अभियान सार्वजनिक गरेको थियो जहाँ ग्राहकहरुले “टिभीएस बाइकर्स मेनिया” स्टीकर प्याक डाउनलोड गरेर नयाँ टिभीएस जुपिटर ११० सीसी स्कुटरका साथै आकर्षक उपहारहरु जित्ने अवसर पाएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको थियो , जसअन्तर्गत बुटवलकी सुमित्रा न्योपानेले नयाँ स्कुटर प्राप्त गर्नुभएको छ । उहाँलाई जगदम्बा मोटर्स् प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गर्नुभएको थियो ।

“टिभीएससँगको साझेदारी निकै अद्भूत रह्यो र हामी खुशी छौं कि हरेक अभियानसँगै हामी हाम्रा नेपाली प्रयोगकर्तालाई खुसी प्रदान गरिरहेका छौ”, एपीएसी, राकुटेन भाइवरका सिनियर विजनेस डेभलप्मेन्ट डाइरेक्टर अनुभव नायरले भन्नु भयो ।”

प्रतिकृया