• ६ असोज २०८३, मंगलबार
  • ८ः४८ बिहान

कांग्रेस केन्द्रीय सदस्यमा गच्छदारनिकट ११ नेता मनोनीत

प्रकाशित मिति

२०७६ फाल्गुन २३ गते, शुक्रबार ०७:०३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विजय गच्छदारनिकट ११ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

National Life

गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्न यसअघि भएको सहमतिअनुसार देउवाले शुक्रबार ती नेताको मनोनयन गरेका हुन् ।

मनोनीत केन्द्रीय सदस्यहरूमा कैलालीको रामजनम चौधरी, सिराहाको मो. नसिर सिद्धिकी, झापाको भारतेन्दुकुमार मल्लिक, सप्तरीको हेमराज तातेड, बर्दियाको डा. गोपाल दहित, मंगलप्रसाद थारू, दाङको योगेन्द्र चौधरी, मोरङको हरिप्रसाद न्यौपाने, पवनकुमार सारडा, सुनसरीको सुमित्रा थरुनी, कल्पना चौधरी रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया