एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड सेवा
प्रकाशित मिति
२०७६ फाल्गुन २३ गते, शुक्रबार ०६:५४
लगानी व्यवस्थापन सेवाशुल्कमा ५० प्रतिशत छुट
एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ ग्राहकहरूका लागि सेवाशुल्कमा विशेष छुट योजना ल्याएको छ । क्यापिटलले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर यस्तो छुट योजना ल्याएको बताएको छ ।

क्यापिटलले ल्याएको उक्त छुट योजनाअनुसार २२ फागुनदेखि मिति २०७७ असार मसान्तसम्म निःशुल्क हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै, क्यापिटलले २२ फागुनदेखि चैत मसान्तसम्म लगानी व्यवस्थापन सेवाशुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । क्यापिटलले आगामी दिनमा समेत आफूले दिने सेवा सुविधालाई छिटो छरितो र सेवाग्राहीमुखी गराउन सदैव कटिवद्ध रहने बताएको छ ।
तेस्रो वर्ष पूरा गरिरहँदा एनआईसी एशिया क्यापिटल मर्चेण्ट बैंकरहरूमध्ये आर्ईएसओ ९००१ः२०१५ प्रमाणपत्र पाउने पहिलो क्यापिटल बन्न सफल भएको छ । त्यस्तै, निक्षेप सदस्यतर्फ १ लाख ८३ हजारभन्दा बढी हितग्राही खाता संख्या पुर्याउन सफल बनेको छ ।
।
त्यस्तै, लगानी व्यवस्थापन सेवातर्फ ३ सय ग्राहकहरूलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको क्यापिटलले नेपालमै पहिलो पटक आईपीओ ३७ घन्टामा बाँडफाँट गर्न सफल बनेको छ ।
पछिल्लो समय सेवाग्राहीहरूका लागि संध्याकालीन काउण्टर सञ्चालन गरिरहेको यस क्यापिटलले हाल सेयर रजिष्ट्रारतर्फ ८ वटा कम्पनीका २ लाख ५० हजारभन्दा बढी सेयरधनीलाई सेवा प्रदान गरिरहेको छ ।
म्युचुअल फण्ड सेवाअन्तर्गत २ वटा बन्दमुखी योजनामार्फत ३५ हजार भन्दा बढी इकाइ धनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । हाल यस क्यापिटलले ऋणपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यले सामूहिक लगानी कोष योजना सञ्चालन गर्न स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको छ ।




प्रतिकृया