• ८ असोज २०८३, बिहीबार
  • १ः३३ राती

टेकुबाट भागेका कोरोना बिरामी विराटनगरमा फेला

प्रकाशित मिति

२०७६ फाल्गुन २३ गते, शुक्रबार ०८:२६

काठमाडौं । कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि भागेका एक बिरामी फेला परेका छन् ।

National Life

सुनसरीको इटहरी घर भएका उनलाई विराटनगरबाट फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । उनी भागेको भन्दै अस्पताले काठमाडौं प्रहरीलाई जानकारी गराएपछि उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको थियो । त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो । उनी बुधबार राति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको छ्यालबाट भागेको पाइएको प्रहरीले जनाएको छ ।

ती बिरामीलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा पठाइएको छ । उनलाई कोरोना भाइरस भए–नभएको पुष्टि भने भइसकेको छैन । मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच टेकुको आइसोलेसन वार्डबाट बिरामी भाग्ने घटना हुन थालेपछि प्रहरी र मनोसामाजिक परामर्शदाता राखिने भएको छ । अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बिरामी, स्वास्थ्यकर्मी, परामर्शदाता र आफन्तहरूबीच सहज संवादका लागि प्रहरी र मनोसामाजिक परामर्शदाता राख्न लागिएको जानकारी दिए ।

प्रतिकृया