इरानका २३ सांसदलाई कोरोना संक्रमण भएको पुष्टि
प्रकाशित मिति
२०७६ फाल्गुन २१ गते, बुधबार ०७:०९
एजेन्सी । चीनपछि एशियाकै अर्को देश इरानमा कोरोना भाइरसले महामारीको रूप लिएको छ । इरानका २३ जना सांसदहरुमा समेत कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
२९० सदस्यीय सांसदमा २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको संसदका सभामुखले इरानी टेलिभिजनमार्फत जानकारी दिएका छन् । त्यस्तै इरानका एक उपराष्ट्रपतिलाई समेत कोरोना संक्रमण भएको छ भने स्वास्थ्य उपमन्त्रीसमेत कोरोनाबाट संक्रमित भएका छन् । त्यस्तै एक पुर्व राजदुतको कोरोना संक्रमणबाट मृत्यु नै भएको छ ।
कोरोना भाइरसका कारण इरानमा अहिलेसम्म ७७ जनाको मृत्यु भएको छ । इरानमा कूल दुई हजार ३३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र विगत २४ घण्टामा ८३५ नयाँ सङ्क्रमित व्यक्ति भेटिएको इरानी स्वास्थ्य अधिकारीहरूले बताए ।
उनले भने, “पछिल्लो २४ घण्टामा थप ८३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ र योसँगै इरानमा सङ्क्रमितको सङ्ख्या दुई हजार ३३६ पुगेका छ । घातक यो भाइरस सङ्क्रमणका कारण ७७ जनाको मृत्यु भएको छ ।” सङ्क्रमणको प्रभाव विश्वका ७६ मुलुकमा देखिएपनि चीन, दक्षिण कोरिया, इटली, इरान र जापानमा मृत्यु हुनेको सङ्ख्या अन्य मुलुकको तुलनामा बढी रहेको छ ।






प्रतिकृया