कोरोना महामारी : पछिल्लो १० दिनमा थप ४५ मुलुकमा संक्रमण, ३३ सय १९ को मृत्यु, ९२ हजार बढि संक्रमित
प्रकाशित मिति
२०७६ फाल्गुन २१ गते, बुधबार ०७:००
काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय १९ पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । अहिलेसम्म ८० मुलुकमा कोरोनाको संक्रमण देखिएको र फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।
चीनमा सोमबार साँझ थप १ सय ७४ जनाको जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ४७ पुगेको छ । ८० हजार १ सय ५३ जना संक्रमित भएका छन् । चीन बाहिर १३ वटा मुलुकमा २ सय ६६ जनाको मृत्यु भएको छ । अरु ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ ।
चीन बाहिर सबैभन्दा धेरै इटालीमा १ सय ६ जनाको मृत्यु भएको छ । यस्तै इरानमा ८८ जना, दक्षिण कोरियामा ४०, अमेरिकामा ९ जना, जापानमा ६, फ्रान्समा ४, हङकङमा २ तथा थाइल्याण्ड, अष्ट्रेलिया, सन मारिनो, फिलिपिन्स, ताइवान र स्पेनमा १र१ जनाको मृत्यु भएको छ । चीनबाहिर १२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।






प्रतिकृया