• २७ भदौ २०८३, शनिबार
  • १२ः५० राती

विशेष अदालतमा मुद्दाको चाप

प्रकाशित मिति

२०७६ फाल्गुन २० गते, मंगलवार ०७:०६

काठमाडौं । इजलास कम हुँदा विशेष अदालतमा मुद्दा व्यवस्थापनको चाप परेको छ । विशेष अदालतमा अहिले करिब पाँच सयमा मुद्दा छन् । दैनिक रूपमा नियमित दुई इजलास मात्र बस्ने गरेको छ । त्यसमा पनि अधिकांश समय थुनछेककै क्रममा बित्ने गरेको छ ।

National Life

इजलास व्यवस्थापनका लागि नै अदालतले बहुचर्चित ललिता निवास जग्गा प्रकरण मुद्दाका प्रतिवादीलाई चरणबद्ध रूपमा अदालतमा उपस्थित हुन आउने म्याद जारी गरिरहेको छ । मुद्दा दर्ता भएको करिब एक महिना बिते पनि सबै प्रतिवादीलाई म्याद पठाइएको छैन ।

विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले इजलास व्यवस्थापनमा सहजताका लागि चरणबद्ध रूपमा म्याद पठाइएको जानकारी दिए । खड्काले भने, ‘अहिले करिब पाँच सय हाराहारीमा मुद्दा छन् । ठूला विषय र धेरै प्रतिवादी भएका मुद्दा पनि थुप्रै छन् । लगतमा एक थान भए पनि त्यस्ता मुद्दामा प्रतिवादीको बयान, थुनछेक लगायतमै धेरै समय जान्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

इजलास व्यवस्थापनका लागि ललिता निवास प्रकरणमा पनि चरणबद्ध रूपमा उपस्थित हुने म्याद पठाइएको हो । सजाय दाबीसमेत गरिएका ११० प्रतिवादी र जग्गा जफत मात्र गर्न माग गरिएका ६५ प्रतिवादीलाई क्रमिक रूपमा म्याद जारी गरिएको हो ।

‘‘हामीले चरणबद्ध रूपमा म्याद जारी गरेका छौँ । दण्ड तथा सजाय माग गरिएका र जग्गा मात्र जफत गर्न माग गरिएका प्रतिवादीलाई क्रमशः म्याद जारी गरिरहेका छौँ । जम्मा ५४ जनालाई म्याद जारी गरिसकेका छौँ,’ उपरजिस्ट्रार खड्काले भने । आजको गोरखापत्र दैनिकबाट साभार ।

ललिता निवास प्रकरणमा विशेषले दण्ड र जरिमानासमेत माग गरिएका मध्ये क्रमसङ्ख्या ३४ सम्म र जग्गा जफतको मात्र माग गरिएका ६५ प्रतिवादीतर्फ क्रमसङ्ख्या २० सम्म म्याद जारी गरिएको छ ।

प्रतिकृया