कोरोना भाइरस : मर्नेको सङ्ख्या ३ हजार नाघ्यो, ८९ हजार संक्रमित
प्रकाशित मिति
२०७६ फाल्गुन १९ गते, सोमबार १०:२६
काठमाडौं । डिसेम्बर अन्तिम साताबाट चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस ‘कोभिड १९’ का कारण यतिबेला सिंगो विश्व आक्रान्त भएको छ ।
विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार नाघेको चिनियाँ अधिकारीहरुलाई उदृद गर्दै अन्तर्रा्ष्टिय सञ्चारमाध्यमले जनाएका छन् । विश्वभर संक्रमित संख्या ८८ हजार ४ सय ४३ पुगेको छ ।

आइतबार चीनको हुबेईमा थप ४२ जनाको मृत्यु भएको जनाएको छ । योसँगै चीनमा मात्रै यस रोगबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९१२ पुगेको छ । यो समाचार तयार पार्दासम्म चीनमा यस रोगबाट संक्रमितको सङ्ख्या ८० हजार २६ पुगेको छ । प्राप्त जानकारी अनुसार ४४ हजार ४६२ जना उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो १० दिनमा मात्रै ३७ नयाँ देशमा फैलिएको कोरोनाभाइरसका कारण विश्व त्रसित बनेको हो । फेब्रुअरी २१ यता ३७ नयाँ देशहरु लेबनान, ओमान, इजरायल, अफगानिस्तान, ग्रिस, डेनमार्क, अस्ट्रिया, एस्टोनिया, रोमानिया, उत्तरी मेसोडेनिया, जर्जिया, पाकिस्तान, नर्वे, स्पेन, ब्राजिल, अल्जेरिया, स्वीटजरल्याण्ड, क्रोएसिया, बहराइन, कुवेत, इक्वेडर, लक्जमबर्ग, आइसल्याण्ड, मोनाको, नाइजेरिया, न्युजिल्याण्ड, नेदरल्याण्ड, उत्तरी आयरल्याण्ड, बेलारुस, लिथुयानिया, कतार, आयरल्याण्ड, अर्मे्निया, चेक रिपब्लिक, डोमिनिकन रिपब्लिक र सान मारिनो मा यसको संक्रमण फैलिएको हो ।
डिसेम्बर अन्तिम साता वुआनबाट सुरु भएको कोरोनाको संक्रमण यतिबेला विश्वका ५५ भन्दाधेरै मूलुकमा पुगिसकेको छ ।




प्रतिकृया