‘भारतीय नागरिक नेपाली वडाध्यक्ष !’
प्रकाशित मिति
२०७६ फाल्गुन १९ गते, सोमबार ०९:४६
महोत्तरी । भारतीय नागरिक भएको प्रमाणसहित महोत्तरीका एकजना वडाध्यक्षविरुद्ध जिल्ला प्रशासनमा उजुरी परेको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको दाबीसहित कारबाही माग गर्दै स्थानीय हरिश्चन्द ठाकुरले जिल्ला प्रशासन कार्यालय (महोत्तरी) मा उजुरी दिएका हुन् ।

स्थानिय तहको चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वा्चित चौधरी भारतको सीतामढी जिल्लाको सिरसिया बजारको बासिन्दा भएको उजुरीकर्ता ठाकुरको दाबी छ । ठाकुरले प्रशासनमा पेस गरेका प्रमाणमा भारतीय निर्वाचन आयोगको फोटोसहिततको मतदाता सूचीमा वडाध्यक्ष चौधरी र उनका बुबाको नाम छ । फर्जी कागजात पेस गरेर नेपाली नागरिकता समेत लिएका वडाध्यक्ष चौधरी २०१९ को भारतको सम्पन लोकसभा चुनावमा समेत भोट खसालेको उजुरीकर्ताले ठाकुरले प्रमाण पेस गरेका छन् ।


प्रशासनमा उजुरी दिएको झण्डै एक महिना हुँदासमेत कुनै कारबाही प्रक्रिया अघि नबढेको स्थानीय बासिन्दा ठाकुरको गुनासो छ । उजुरी कर्ता ठाकुर रामगोपालपुर नगरपालिका ८ का बासिन्दा हुन् । यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रिले उजुरी परेको र त्यसमाथि अनुसन्धान गरिरहेको बताए । वडाध्यक्ष भारतीय नागरिक रहेको भन्दै यसअघि पनि रामगोपालपुर नगरपालिका कार्यालयमा उजुरी परेको थियो ।

नागरिकतासम्बन्धी कुनै प्रकारको अधिकार आफूसँग नभएकाले प्रशासनसँग अनुसन्धान गर्न आग्रह गरेको रामगोपालपुर नगरपालिकाका उपमेयर तथा न्यायिक समितिकी अध्यक्ष सीता साहले जानकारी दिइन् ।




प्रतिकृया