प्रतिएमबी करिव ५ पैसामै चलाउन सकिने नेपाल टेलिकमको लार्ज डाटा प्याक
प्रकाशित मिति
२०७६ फाल्गुन १८ गते, आईतवार ०४:४६
काठमाडौं, नेपाल टेलिकमले लार्ज डाटा प्याक (Large Data Pack) उपलब्ध गराइरहेको छ । यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइने र तुलनात्मक रुपमा निकै सस्तो रहेको जनाएको छ ।
कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिनेछ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्दछ । उल्लेखित रकम कर सहित रहेको जनाएको छ ।

लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट ८ १४१५३ डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट पर्ने छ । त्यसैगरी सिधै ८१४१५८१८७३ डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिने छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिने छ ।
आफूले प्रयोग गरिरहेको मोबाइल मार्फत एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिन्छ । यसका लागि क्रमशः DATA30GB वा DATA60GB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने छ ।

नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा दिइएको विभिन्न प्याकेज मध्ये लार्ज डाटा प्याक छनोट गरेर वा Self Care Account मा रजिष्टर गरेर पनि यी प्याकेज खरिद गर्न सकिने छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिने छ ।




प्रतिकृया