प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दै
प्रकाशित मिति
२०७६ फाल्गुन १८ गते, आईतवार ०२:४८
काठमाडौं, प्रधानमन्त्री एवं नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीको बुधवार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको उहाँको दलका प्रवक्ताले बताउनु भएको छ । आइतवार बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष ओलीले यसबारे जानकारी गराएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

प्रत्यारोपणका लागि सोमवार नै प्रधानमन्त्री ओली शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री ओलीलाई उहाँकै नाता पर्ने एक महिलाबाट मिर्गौला प्रत्यारोपण गर्न लागिएको सचिवालयका एक नेताले बताउनु भयो ।
यसअघि २०६४ सालमा प्रधानमन्त्री ओलीको भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो। त्यसयता उहाँले नियमित रूपमा स्वस्थ्य परीक्षण गराउँदै आउनु भएको छ । उहाँलाई बुहारी अन्जना घिमिरेले मिर्गौला दिनु भएको थियो ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया